Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीबाट लागूऔषधसहित तीन युवक पक्राउ

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार तीनै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जिल्लाकै तिरहुत गाउँपालिका वडा नम्वर ५ बस्ने २७ वर्षीय राज कुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्वर ६ वस्ने २५ वर्षीय बैजु साह रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति करिव १० बजे जिल्लाको छिन्मस्ता गाउँपालिका वडा नम्वर १ बरही स्थित पूर्व–पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्वरको मोटरसाइकललाई चेक जाँच गर्दा डाइलेक्स डिसी १०० एमेलको १९० बोतल, डायजेपाम ९५ एम्पुल, फेरानगल ९५ एम्पुल र लीजेसिक ९५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077