Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनको तनावलाई लिएर ब्लिन्केन र लाभ्रोवबीच वार्ता

एजेन्सी । युक्रेनको तनावलाई लिएर अमेरिकी र रुसी विदेशमन्त्रीबीच शुक्रबार जेनेभामा वार्ता भएको छ । दुवै पक्षले वार्ता सकारात्मक भएको बताए पनि यसबाट कुनै ठोस निष्कर्ष भने निस्किएको छैन।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेन र भ्लादिमिर पुटिनबीच शिखरवार्ता हुनसक्ने बताए।

रुसी राष्ट्रपति पुटिनले युक्रेन अमेरिका नेतृत्वको नेटोमा सहभागी हुन नहुने, पूर्वी युरोपमा नेटोको विस्तार रोकिनुपर्ने, रोमानिया, बुल्गेरियालगायत पूर्वसोभियत मुलुकबाट विदेशी सैनिक हट्नुपर्नेलगायत माग अमेरिकासामु तेर्स्याएका छन्।

युक्रेनले नेटोको सदस्यता लिने सम्भावना बढ्दै गएको विश्लेषण गरेको रुसले मुलुकको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। जसले आक्रमणको त्रास बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077