Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको सार्वजनिक मिनी बसमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् ।

इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077