Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीबाट ५ किलो लागूऔषध गाँजासहित श्रीमान-श्रीमती पक्राउ

सर्लाही । सर्लाहीबाट प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बाग्मती नगरपालिका वडा नम्वर १२ बस्ने ३८ वर्षीय इद्रबहादुर अधिकारी र ३० वर्षीय रिचा अधिकारी रहेका छन्।

प्रहरी गस्ती टोलीले हरिवन नगरपालिका वडा नम्वर ८ पुरानो बजारस्थितभित्री सडक खण्डमा चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६८ प ४९७२ नम्वरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु दुबै जना श्रीमान श्रीमती एउटै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल, गाँजासहित दुबैजनालाई नियन्यत्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077