Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धनका उमेदवार विजयी

    राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धनका उमेदवार विजयी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा पनि सत्तारुढ गठबन्धनको जित भएको छ ।

    गठबन्धनबाट नेपाली कांग्रेसकी दुर्गा गुरुङ, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी भएका हुन् ।



    प्रतिपक्षी एमालेका उमेदवारहरूलाई पराजित गर्दै उनीहरू विजयी भएका हुन् । तीन सिटमा भएको निर्वाचन परिणामअनुसार महिलातर्फ दुर्गा गुरुङ विजयी भएकी छन् । उनले २ हजार ९७० मतभार प्राप्त गरिन् ।



    यस्तै गंगा थापाले १ हजार ४१६ मतभार प्राप्त गरिन् । निर्वाचनबाट अपाङ्ग अल्पसंख्यक समूहबाट नरबहादुर विष्ट विजयी भएका छन् । उनले ३ हजार ६ मतभार प्राप्त गरे । उनका प्रतिष्पर्धी पदमबहादुर माझिले १ हजार ३९८ मतभार प्राप्त गर्दै पराजय भोगे ।

    अन्य समूहमा उदयबहादुर बोहोरा विजयी भएका छन् । उनले ३ हजार ६ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार