Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • मानव तस्करलाई सघाएको आरोपमा अध्यागमनका ९ अधिकृतलाई मन्त्रालय तानियो [सूची]

    मानव तस्करलाई सघाएको आरोपमा अध्यागमनका ९ अधिकृतलाई मन्त्रालय तानियो [सूची]

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा मलेसियासहितका खाडी मुलुक जाने यात्रुहरुलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।

    अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन्।



    मन्त्रालय स्रोतका अनुसार बिहीबार अध्यागमनका ९ जना अधिकृतलाई फिर्ता बोलाइएको हो । उनीहरुले मानव तस्करलाई सहयोग गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार आरोपित कर्मचारीहरुले म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गरेका थिए ।



    फिर्ता गर्ने निर्णयसँगै मन्त्रालयले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ। स्र्तोका अनुसार उनीहरुको गतिविधिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानी गरिरहेको छ ।

    पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमन समेत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार