Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले) को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुख सापकोटाले आईतबार बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा परामर्श समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेण्डा तय गर्ने अभ्यास रहेको छ । यस्तै संघीय संसद्को बैठक पनि भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077