Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कञ्चनपुरबाट २२ किलो १५० ग्राम लागूऔषध बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले २२ किलो १५० ग्राम लागूऔषध चरेस बरामद गरेको छ । शनिबार राति बेलौरी नगरपालिका ३ बुटावारीबाट प्रहरीले २२ किलो १५० ग्राम लागूऔषध चरेस बरामद गरेको हो ।

युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो बोरी (कट्टा) मा डोरीले बाँधेर राखेको चरेस गएराति साढे ८ बजे बरामद गरिएको

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको बोरी खोलेर हेर्दा त्यसभित्र ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेस फेला पारेको हो ।

चरेस र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको छ । बरामद भएको चरेसबारे अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077