Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघको प्रतिवेदन तालिबानद्वारा अस्वीकार

एजेन्सी । संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई तालिबानले अस्वीकार गरेको छ ।

उक्त प्रतिवेदनमा अघिल्लो सरकारका १०० भन्दा बढी अधिकारी र सुरक्षा बलका सदस्यहरू अफगानिस्तानबाट अमेरिका बाहिरिएपछि तालिबान वा यसका सहयोगीहरूले मारिएका हुन् भन्ने उल्लेख गरिएको छ ।

गतवर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि असरफ घानी सरकारका १०० भन्दा बढी सदस्य, यसका सुरक्षा बल र अन्तर्राष्ट्रिय सेनासँग काम गर्ने मानिसहरू मारिएका रिपोर्टहरू बाहिरिएको थियो ।

यहाँको आन्तरिक मन्त्रालयले १०० भन्दा बढी अधिकारीहरु मारिएको आरोप लगाउँदै रोयटर्सद्वारा देखाइएको संयुक्त राष्ट्रसंघको रिपोर्टको अस्वीकार गरेको छ।

प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले भनेका छन् कि पूर्व सरकारसँग सम्बद्धहरूलाई सामान्य माफी दिए पनि अधिकांश मृत्यु तालिबान वा यसका सहयोगीहरूले गैरन्यायिक हत्याका कारण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077