Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी मन्त्री यादवलाई बर्खास्तीको माग गर्दै पत्र

    गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी मन्त्री यादवलाई बर्खास्तीको माग गर्दै पत्र

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदबाट बर्खास्तीको माग गर्दै सत्ता गठबन्धनका अध्यक्षहरुलाई नागरिक अगुवाहरुले पत्र लेखेका छन् ।

    नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका पाँच वटा अध्यक्षलाई पत्र पठाएका हुन् । माघ ५ गते यादवले हिंसालाई प्रोत्साहन गर्ने र समाजमा अशान्ति फैलाउने अभिव्यक्ति दिएकाले उनलाई बर्खास्तीको माग गर्दै पाँचै दलका अध्यक्षलाई पार्टी कार्यालयमा पत्र लेखेर दर्ता गराएका हुन् ।



    नागरिक अगुवा कनकमणि दीक्षित, डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल र महामुनीश्वर आचार्यले गठबन्धनका ५ दलका अध्यक्षलाई पत्र लेखेका हुन् ।



    सरकारले अझै उनको बर्खास्ती नगरेकोले माघ ७ मा वक्तब्य निकाल्ने आफूहरुले वर्तमान गठबन्धनका अध्यक्षहरुलाई छुट्टाछुट्टै पत्र लेखि कार्यालयमा दर्ता गरेको नागरिक अगुवा कनकमणि दीक्षितले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार