Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तहको निर्वाचन सम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

बुधबार दिउँसो मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो ।

सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको भने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077