Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड र माधवसँग देउवाले सोधे- एमसीसीमा सुधार गर्नुपर्ने के-के छन् ?

    प्रचण्ड र माधवसँग देउवाले सोधे- एमसीसीमा सुधार गर्नुपर्ने के-के छन् ?

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु माग गरेका छन्।

    बुधबार प्रधानमन्त्री देउवाले ब नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल [‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु माग गरेका हुन् ।



    पछिल्लो समय प्रचण्ड र नेपालले यथास्थितिमै एमसीसी पारित गरेर जान नसकिने बताएपछि देउवाले त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु उपलब्ध गराउन भनेका हुन् ।



    भेटपछि अध्यक्ष नेपालले एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु प्रधानमन्त्री देउवाले माग गरेको जानकारी दिंदै गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको बताए । ‘एमसीसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ अध्यक्ष नेपालले भने ।

    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पर्यटन मन्त्री प्रेमबहादुर आलेले गरेको कामको प्रशंसा गर्दै आफ्ना मन्त्रीहरुलाई पनि उनले झैं काम गर्न निर्देशन दिए।

    ‘प्रेम आले जीले मन्त्रालयको काम गर्ने क्रममा जनताको भावना सम्बोधन गर्दै आउनुभएको छ। निरन्तरता अन्तिम समयसम्म कायम रहोस्, अध्यक्ष नेपालले भने, ‘मन्त्रीले पनि त्यही हिसाबले काम गर्दै जानुस्।’

    यसैगरी अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना कुनै हालतमा पूरा नहुने बताए।

    ‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,यो गठबन्धन टुट्नेवाला छैन,’अध्यक्ष नेपालले भने ।

    नेपालले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार