Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली काँग्रेसका वडा सभापति हातहतियार खरखजना मुद्धामा पक्राउ

    नेपाली काँग्रेसका वडा सभापति हातहतियार खरखजना मुद्धामा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.3K
    SHARES

    सांकेतिक तस्विर

    सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।

    काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको हो ।



    हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



    हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार