Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वडासचिव नासु घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा एक वडासचिव नासुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका, वडा नं-११ का वडा सचिव नासु विनोद प्रसाद साह रहेका छन्।

जग्गाको नामसारी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचनाका आधारमा अख्तियारको कार्यालय, हेटौडाबाट खटिएको टोलीले साहलाई घुसको रकमसहित पक्राउ गरेको हो।

आयोगका अनुसार साहलाई सेवाग्राहीबाट तीन हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित कार्यालयबाट पक्राउ गरिएको हो ।

यसबिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077