Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेको सीईओमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पा रिब्दिकोट गाउँपालिका -७ का कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा तथा पुनर्स्थापना इकाइका प्रमुख रहेका कार्कीलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सीईओमा नियुक्त गरेको हो।

सीईओ छनोट समितिले यसअघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्‍मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए । त्यसपछको खाली पदमा कार्कीलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077