Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसमा विवाद

    गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसमा विवाद

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।

    सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।



    तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए ।



    उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार