Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्तरिक हवाई उडानतर्फको भाडा बढ्यो, हेर्नुहोस् कहाँको कति ? (सूचीसहित)

काठमाडौं । आन्तरिक हवाई उडानतर्फको भाडादर बढेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेपछि आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी हवाईभाडा १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको छ ।  बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँ रहेको छ ।

यस्तै काठमाडौं-विराटनगर २४०, काठमाडौं-पोखरा १६०, काठमाडौं-नेपालगञ्ज ३२५, काठमाडौं-भद्रपुर, काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

यसैगरीमाउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटबढ हुँदा भाडा समायोजन गर्ने अधिकार संघलाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077