Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिलाको हत्या गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ

    महिलाको हत्या गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 810
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा गर्भवतीको हत्या गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।

    जिल्लाको यशोधरा गाउँपालिका ८ सिहोखोर की २१ वर्षीय रहिसुन्निसा मुसलमानलाई झुन्ड्याएर मारेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षीय ससुरा अब्बास अलि भाट मुसलमान पक्राउ परेका हुन् ।



    उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मारेर पुरिएको शव उत्खनन गरेर पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक महिला दुई महिनाको गर्भवती भएको खुलेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार