Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागूऔषधसहित दुईजना पक्राउ

कैलाली । प्रहरीले कैलालीमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरबाट बझाङ साविक खिरातडी गाविस ७ घर भई हाल गौरीगंगा नगरपालिका वडा नंम्बर ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीको सथाबाट ४.५ किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुले प्रयोग गरेको से २प ४११५ नंबरको मोटरसाईकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077