Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली कांग्रेसभित्र उठ्यो नीति अधिवेशनको माग

    नेपाली कांग्रेसभित्र उठ्यो नीति अधिवेशनको माग

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 690
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् ।

    उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।



    कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् ।



    केन्द्रीय सदस्य मधुप्रसाद आचार्यका अनुसार छलफलमा केन्द्रीय सदस्यहरूले निश्चित मापदण्ड बनाएर अर्थपूर्ण र परिणामदायी विभाग गठन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कांग्रेस विधानअनुसार अधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने उल्लेख छ ।

    छलफलमा नेता आचार्यले पार्टीको विधानअनुसार अनलाइनबाट समेत निवेदन दिन पाउने गरी पार्टी सदस्यता वितरण तत्काल खुला गर्न आफूले आग्रह गरेको बताए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार