Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमसीसी पत्र प्रकरण: देउवा र प्रचण्डमाथि छानबिन गरी कारवाही गर्न भीम रावलको माग

    एमसीसी पत्र प्रकरण: देउवा र प्रचण्डमाथि छानबिन गरी कारवाही गर्न भीम रावलको माग

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने भनेर लेखेको पत्रबारे छानबिन गर्नुपर्ने बताएका छन्।

    सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले प्रधानमन्त्री देउवा र प्रचण्डको पत्रले नेपालको कूटनीति कमजोर बनाएको भन्दै पत्रबारे छानबिन गर्नुपर्ने माग गर्दै कारवाहीको माग समेत गरे ।



    ‘यो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ, ‘ रावलले भने, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिनमात्रै होइन‚ दण्डित हुन्थ्यो ।’



    बैठकमा रावलले अघि भने, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ ? यसमा छानबिन भएर कारबाही हुनुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार