Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी नेताहरु सबैलाई एकै ठाउँमा आउन आह्वान गरेका छन् ।

मंगलबार बिहान आफ्नै निवास खुमलटारमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जुम्ला जिल्ला समितिको जम्बो टोलीलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै यस्तो आह्वान गरेका हुन्।

माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको प्रचण्डको भनाइ छ । पार्टीभित्र भ्रम सिर्जना भएकाले केही साथीहरुले माओवादी छाडेर गएको गुनासो गर्दै प्रचण्डले आफूले बुझाउन नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे ।

पार्टी प्रवेश गरेकाहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुने समेत बताए ।

मंगलबार बिहान विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिङ्गो पार्टी माओवादी प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077