Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कपनबाट लागूऔषध ब्राउन सुगरसहित ३ युवक पक्राउ

काठमाडौँ । प्रहरीले अवैध २२.८ ग्राम लागूऔषध ब्राउन सुगरसहित काठमाडौँबाट तीन जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भोजुपुर घर भइ तारकेश्वर-११ बस्ने तेञ्जिङ्ग शेर्पा, कंचनपुर भीमदत्त घर भइ काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ बर्षीय खगेस खत्री र कपननै बस्ने २२ बर्षीय पासाङ छिरिङ शेर्पा रहेका छन्।

सोमबार अपरान्ह  करिब ४ बजेको समयमा गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले कपनस्थित आकाशेधाराबाट उनीहरुलाई पक्राउ गरेको हो ,

उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने २२.८ ग्राम धुलो पदार्थ, मोबाइल फोनहरु समेत  बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरुमाथि महानगरीय प्रहरी बृत्त बौद्दबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077