Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी पौडेललाई दिएका हुन् ।

पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए । विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् ।

काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077