Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्राइम ब्रान्चको मान्छे हुँ भन्दै मोटरसाइकल लिएर भागेको युवक पक्राउ

जनकपुरधाम। धनुषामा आफूलाई क्राइम ब्रान्चको मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर भागेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १९ थमौनाका १९ वर्षीय टिका यादव रहेको प्रहरीले जनाएको छ ।

यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाईकल चोरीको हो र अनुसन्धान गर्न जिल्ला प्रहरी लग्नुपर्छ भनेर प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए ।

धनुषा प्रहरीका अनुसार यादवले मोटरसाइकल धनीलाई डर त्रास देखाएर माघ २३ गते उक्त मोटरसाइकल लगेको बताए ।

उक्त घट्नाको अनुसन्धान गर्ने क्रममा मंगलबार यादवलाई पक्राउ गरिएको र उनीविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077