Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारीको बैठक सकियो, भोलिको बैठकमा भातृ संस्था र स्थानीय चुनावबारे छलफल हुने

    कांग्रेस पदाधिकारीको बैठक सकियो, भोलिको बैठकमा भातृ संस्था र स्थानीय चुनावबारे छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक बिहीवारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल गरेर सकिएको हो ।

    आजको बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।



    कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको हो ।



    यसैगरी, अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा राखेको प्रवक्ता महतले बताए । आजको बैठकमा उठेका विषयलाई सम्बोधन गर्नेगरी कार्य सम्पादन समितिले निर्णय गर्ने उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार