Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे कांग्रेस मुख्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    बैठकमा म्याद समाप्त भएका भातृ संगठन तथा शुभेच्छुक संस्थाका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीका बाँकी जिल्ला अधिवेशनहरुका विषयमा पनि छलफल हुनेछ।



    कार्यसम्पादन समितिको बैठकका लागि यसअघि पदाधिकारी बैठक बसेको थियो । कार्यसम्पादन समितिको सदस्यहरुको धारणाका आधारमा निर्वाचन, बाँकी रहेका जिल्ला अधिवेशन र भ्रातृ संठगनका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताए ।



    कांग्रेसले कोरोनाका कारण माघ १५ गतेका लागि तय गरेको १६ जिल्लाको अधिवेशन स्थगित गरेको थियो । बैठकअघि कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै बुधवार पदाधिकारी बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार