Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्षा र हिमपात गराउने प्रणाली कमजोर, आजबाट मौसम सुधार हुने

    वर्षा र हिमपात गराउने प्रणाली कमजोर, आजबाट मौसम सुधार हुने

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि मुलुकभर मौसम सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएपछि आजबाट मौसममा सुधार हुँदै जाने अनुमान गरिएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ ।



    ‘मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम-बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउँछ’, उनले भनिन्।



    प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एकरदुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार