Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र कोइरालाबीच खुमलटारमा भेटवार्ता सुरु, एमसीसी लगायतबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता सुरु भएको छ ।

केही दिन अगाडी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवाता गरेका नेता कोइराला आज प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबिच भेटवार्ता सुरु भएको छ ।

दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल हुने बताइएको छ ।

एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।

यी दुई नेताबिचको भेटवार्तालाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077