Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढ्यो, गाउँपालिका अध्यक्षसहितको टोलीलाई प्रचण्डले गरे स्वागत

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनको मिति धोषणा गरेसँगै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा जनप्रतिनिधिहरुको लर्को लागेको छ । केहीदिन अघि मात्रै विप्लव नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित सिंगो ३० जना बढीको समूह नै माओवादी प्रवेश गरेको थियो।

सोही क्रम बिहीबार पनि दोहिरिएको छ । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077