Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढ्यो, गाउँपालिका अध्यक्षसहितको टोलीलाई प्रचण्डले गरे स्वागत

    माओवादी प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढ्यो, गाउँपालिका अध्यक्षसहितको टोलीलाई प्रचण्डले गरे स्वागत

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनको मिति धोषणा गरेसँगै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा जनप्रतिनिधिहरुको लर्को लागेको छ । केहीदिन अघि मात्रै विप्लव नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित सिंगो ३० जना बढीको समूह नै माओवादी प्रवेश गरेको थियो।

    सोही क्रम बिहीबार पनि दोहिरिएको छ । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।



    शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “माओवादी प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढ्यो, गाउँपालिका अध्यक्षसहितको टोलीलाई प्रचण्डले गरे स्वागत”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार