Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हिजबुल्लाहद्वारा इजरायल–लेबनान युद्धविराम अस्वीकार

हिजबुल्लाहद्वारा इजरायल–लेबनान युद्धविराम अस्वीकार

शुक्रवार , जेठ २२, २०८३

एजेन्सी । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनानबीच प्रस्तावित युद्धविराम सम्झौता अस्वीकार गर्दै त्यसलाई ‘बेकार’ र ‘लेबनानको सार्वभौमिकतामाथिको अपमान’ भएको टिप्पणी गरेको छ ।

अमेरिकाले बुधबार इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयन गर्ने विषयमा सहमति भएको दाबी गरेपछि हेज्बुल्लाहको यो प्रतिक्रिया आएको हो। अमेरिकाले क्षेत्रीय तनाव कम गर्न दुवै पक्षलाई सैन्य गतिविधि रोक्न आग्रह गर्दै युद्धविरामको पहल गरेको थियो।

हेजबुल्लाहका महासचिव नैम कासेमले जारी गरेको विज्ञप्तिमा उक्त सम्झौताले लेबनानको हितभन्दा इजरायलको रणनीतिक उद्देश्यलाई बढी सेवा गर्ने आरोप लगाएका छन्। उनले सम्झौताको वर्तमान स्वरूप स्वीकार्य नभएको स्पष्ट पार्दै लेबनानी जनताको ठूलो हिस्साले पनि यसलाई समर्थन नगर्ने दाबी गरे।

कासेमका अनुसार प्रस्तावित युद्धविरामअन्तर्गत हेज्बुल्लाहले इजरायलविरुद्धको गोलाबारी पूर्ण रूपमा रोक्नुपर्नेछ भने दक्षिणी लेबनानस्थित इजरायली सीमाक्षेत्रबाट आफ्ना लडाकुहरू फिर्ता गर्नुपर्नेछ। उनले यस्ता सर्तहरूलाई ‘आत्मसमर्पण सरह’ भन्दै कडा विरोध जनाएका छन्।

“यो सम्झौता लागू भए इजरायलले आफ्नो मुख्य लक्ष्य हासिल गर्नेछ,” कासेमले भने, “जबकि लेबनानले आफ्नो सुरक्षा र प्रतिरोधको अधिकार गुमाउने अवस्था सिर्जना हुनेछ।”

हेजबुल्लाहको अस्वीकारसँगै अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयास थप जटिल बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077