Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनको प्रहरी प्रमुखमा एसपी नवराज अधिकारीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

सरुवा सुचीअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी नवराज अधिकारीलाई पठाइएको छ ।

चितवनको एसपीमा यसअघि ओम अधिकारी थिए । उनको एक वर्ष अवधि नाघिसकेको थियो । महोत्तरीमा एसपी कृष्ण कृष्ण पगेनीको सरुवा भएको छ ।

त्यस्तै बर्दियामा एसपी वीरेन्द्र शाहीलाई पठाइएको प्रधान कार्यालय स्रोतले बतायो । एक वर्ष अवधि नपुगेकै कारण जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रमुख परिवर्तन गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077