Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको निर्णय

    १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ मा गर्ने निर्णय गरेको हो ।

    मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र सम्पन्न गर्ने तयारी रहेको कार्यालयका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस जिल्ला अधिवेशन हुन बाँकी रहेको हो ।



    पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।

    प्रेस विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार