Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम देशभर : आंशिक बदली देखि मौसम सामान्यतया सफा

    आजको मौसम देशभर : आंशिक बदली देखि मौसम सामान्यतया सफा

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ।



    देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



    शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार