Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

सप्तरी । चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने गुनरा रामको दलान घरमा पार्किङ गरी राखेको स. ११ प. ४१२२ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएको मोटरसाइकलसहित प्रहरीले बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने २३ बर्षीय निरज कुमार यादव र २० बर्षीय गजेन्द्र कुमार रामलाई पक्राउ गरेको हो ।

चोरीगरी लैजान लागेको अवस्थामा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ७ रम्पुरा बस्ने २५ बर्षीय बर्मा भनिने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाकै भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साइडको खेतमा छाडेर भागेका थिए ।

पक्राउ परेका दुई जना संघ सोधपुछ गर्दा निरज कुमार यादवले आफ्नो सालो ब्रहमदेव यादवलाई मोटरसाइकल लग्न भनेको प्रहरीले जनाएको छ ।

बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धान तथा थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077