Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • एमालेले बोलायो संसदीय दलको बैठक, राणाविरुद्धको महाअभियोग दर्ताबारे छलफल

    एमालेले बोलायो संसदीय दलको बैठक, राणाविरुद्धको महाअभियोग दर्ताबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

    एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ। सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक बोलाइएको रिजालको भनाइ छ।



    यसअघि एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गरेको थियो । यस्तै, स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको र प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको एमालेको आरोप छ।

    आइतबार बिहान सत्ता गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध  महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग दर्तासँगै जबरा स्वत: निलम्बनमा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार