Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानन्यायाधीश राणा निलम्बनमा

    प्रधानन्यायाधीश राणा निलम्बनमा

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन्।

    आइतबार बिहान सत्ता गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वत: निलम्बनमा परेका हुन्।



    महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।



    संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश स्वत: निलम्बनमा पर्नेछन्।

    राणामाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको, बिचौलियहरुसँग साँठगाँठ गरेकोलगायत दर्जनौं आरोप लागेका छन्। प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रै दिनदिनै आन्दोलन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार