Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सहकारी समस्या समाधान गर्न सरकारले बनायो समिति, अध्यक्षमा पूर्वन्यायाधीश गौतम

    सहकारी समस्या समाधान गर्न सरकारले बनायो समिति, अध्यक्षमा पूर्वन्यायाधीश गौतम

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 966
    SHARES

    काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    त्यस्तै बैठकले देशभरि लागेको डढेलो नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने र शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगको बारेमा निर्णय गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।



    त्यस्तै सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार