Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न छलफल

    सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न छलफल

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 327
    SHARES

    काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग सहकारीका समस्या समाधानका विषयमा आज छलफल गरेका छन् ।

    मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायाधीकरण गठन गर्न प्रक्रिया अघि बढाएकाले यसलाई कार्यान्वयनमा सहयोग पुर्‍याउन गर्भनर अधिकारसँग आग्रह गरेका थिए ।



    उक्त छलफलमा मन्त्री अधिकारीले मन्त्रालयले कर्जा सूचना केन्द्र स्थापना र बचत संरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएको जनाउँदै मन्त्रालयले केन्द्रमार्फत आर्थिक कारोबार गर्ने सहकारीको नियमन गर्न चाहेकाले राष्ट्र बैङ्कले यसको नेतृत्व लिन आग्रह गरे ।



    सो अवसरमा गभर्नर अधिकारीले कर्जा असुली न्यायाधीकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको निष्कर्ष सरकारले निकालेपछि राष्ट्र बैङ्कले त्यसको ढाँचामा आफ्नो तर्फबाट सुझाव दिँदै कार्यान्वयनमा सक्दो भूमिका निर्वाह गर्न प्रतिबद्धता व्यक्त गरे । उनले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्र बैङ्कबीच छलफल भएर उचित निष्कर्षमा पुग्नुपर्ने बताए ।

    छलफलमा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैङ्कबीच भएको यस प्रकारको छलफलले छिट्टै सहकारी क्षेत्र ब्यवस्थित पार्न मार्ग प्रसस्त गर्ने विश्वास ब्यक्त गरे । सो अवसरमा सहकारी विभागमा महानिर्देशक पिताम्वर घिमिरे सहभागी थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार