Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बयानमा जबराले हस्ताक्षर गरेनन्, १७४ पृष्ठको लिखितम् पढेर सुनाइँदै

    बयानमा जबराले हस्ताक्षर गरेनन्, १७४ पृष्ठको लिखितम् पढेर सुनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 939
    SHARES

    काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर नगरेपछि अहिले बयानको लिखितम् पढेर सुनाइँदै छ।

    बयानको लिखितम् लामो भएकाले अध्ययन गर्न गाह्रो भएको भन्दै जबराले हस्ताक्षर गरेनन्। जबराले समितिमा दिएको बयान पढ्न गाह्रो मानेपछि अहिले उनलाई बयान पढेर सुनाइँदै छ। समितिले एक सय ७४ पृष्ठ लामो बयानको पूर्णपाठ तयार गरेको छ।



    बयान पढेर सुनाउने र जबराले प्रत्येक पेजमा सहमति जनाउने सहमति भएको समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए।



    बयान सुनाउन थालिएकाले ४५ मिनेटका लागि बैठक स्थगित गरिएको छ। सचिवालयका कर्मचारीले बयान सुनाउँदै छन् भने जबराले प्रत्येक पृष्ठमा हस्ताक्षर गर्दैछन्।

    बिहीबार समितिले जबराले मुछेका वकिलहरूसँग छलफल गरेको थियो । उनीहरूसँग सोधिएका प्रश्नको उत्तर महाअभियोग प्रतिवेदनमा उल्लेख गर्ने कि नगर्ने भन्ने निर्णयमा समिति पुगिसकेको भने छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार