Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ

    प्रधानमन्त्री प्रचण्डले भने – नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 210
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् ।

    आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’

    लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए ।

    सोही सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गरे ।

    नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न समेत मद्दत पुग्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार