Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

    वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरूद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि १६१ रनको लक्ष्य पाएको छ।

    टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।



    वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे ।



    म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए ।

    त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो ।

    रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो

    नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

    सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १/० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार