Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजले दियो नेपाललाई १७३ रनको लक्ष्य

    वेस्टइन्डिजले दियो नेपाललाई १७३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 342
    SHARES

    काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्टइन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।



    वेष्टइन्डिजका लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे ।



    रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ / ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।

    अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार