Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरूद्ध नेपाललाई तेस्रो सफलता, सागर ढकालले लिए तीन विकेट

    वेस्टइन्डिजविरूद्ध नेपाललाई तेस्रो सफलता, सागर ढकालले लिए तीन विकेट

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 405
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरूद्ध बलिङ गरिरहेको नेपालले ७ ओभरमा तीन विकेट लिएको छ।

    सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् ।



    खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ७.४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।



    वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो ।

    त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो ।

    चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार