Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    वेस्टइन्डिजविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 276
    SHARES

    काठमाडौं । वेस्टइन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।



    लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।



    पाँच खेलको टी(२० सिरिजको अन्तिम खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

    आजको खेलमा नेपाली टोलीमा चार परिवर्तन गरिएको छ। गुल्सन झा, करण केसी, कमलसिंह ऐरी र ललितनारायण राजवंशीलाई आज बेञ्चमा राखिएको छ।

    आज अभिनाश बोहोरा, सागर ढकाल, अनिल साह र सन्दीप जोरालाई खेलाइएको छ। दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन्।

    दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार