Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित

    ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 384
    SHARES

    काठमाडौं । सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ ललितपुर मेयर्स वुमन्स टी-२० कपको च्याम्पियन बनेको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो ।



    यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो। १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो ।



    कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन् ।

    कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२, सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइ ।

    रितु कनौजिया शून्य रनमा आउट भइन् । एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन । यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो ।

    एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् । ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार