Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेयर कप क्रिकेट : वाग्मतीको पहिलो जित

    मेयर कप क्रिकेट : वाग्मतीको पहिलो जित

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो जित निकालेको छ । वाग्मतीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २७ रनले पराजित गरेको हो ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भएको खेलमा वाग्मतीले टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २३३ रन बनायो । दुई सय ३४ रनको विजय लक्ष्य पछ्याएको एपीएफले ४४ दशमलव पाँच ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्र बनायो ।



    वाग्मतीका लागि नन्दन यादवले अविजित ६०, कप्तान ज्ञानेन्द्र मल्ले ५७, आदिल खानले ३४, इशान पाण्डेले ३१, पारस खड्काले २९ रन बनाए ।



    बलिङतर्फ एपीएफका किशोर महतो र अमर रौटेलाले दुई दुई तथा अविनाश बोहरा र वसन्त रेग्मले एक एक विकेट लिए।

    यस्तै, एपीएफका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ५०, शङ्कर रानाले २९, अमर रौटेलाले २७, सन्दीप जोराले २५, भुवन कार्कीले १४, वसन्त रेग्मीले ११ तथा किशोर महतोले ११ रन बनाए ।

    बलिङतर्फ वाग्मतीका लागि सोनु देवकोटाले छ तथा आरियो पौडेल र रामनरेश गिरीले दुई दुई विकेट लिए।

    प्लेयर अफ दी म्याच वाग्मतीका सोनु देवकोटा घोषित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार