Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वेस्टइन्डिजविरुद्ध खेल्ने नेपाली टोली घोषणा

    वेस्टइन्डिजविरुद्ध खेल्ने नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 585
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिजसँग पाँच टी–२० खेल खेल्ने आफ्नो टोली घोषणा गरेको छ ।

    रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।



    यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।



    नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।

    नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ ।

    नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।

    नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार