Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

    नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 702
    SHARES

    काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेबाट शुरू हुने छ ।

    वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो । नेपाल आजको खेलमा सान्त्वना जितको खोजीमा हुनेछ ।



    पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो । तर, त्यसपछिका खेलमा नेपाल क्रमशस् १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको हो ।



    नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो । शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार