Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला वेस्ट इन्डिजलाई

    भारतविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला वेस्ट इन्डिजलाई

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ ।

    शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो ।



    जितका लागि भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले अविजित ८५ रनको अर्धशतकीय इनिङ खेले ।



    यस्तै, निकोलस पुरन ४७, शाई होपले २२ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

    भारतका सूर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, तिलक बर्माले २७ रन रन बनाए । वेस्टइन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए ।

    यस्तै, स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २–२ विकेट लिए । पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो । त्यसपछिका दुई खेलमा भारत क्रमशः ७ र ९ विकेटले विजयी भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार